सुनको मूल्य फेरि साढे दुई लाख नाघ्यो, प्रतितोला २ लाख ५० हजार नजिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि साढे दुई लाख नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिनको तुलनामा आज एकैदिन ५ हजार ९ सय रुपैयाँले वृद्धि भएको हो। अघिल्लो दिन सुन प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उकालो लागेको छ। बिहीबार सुनको भाउ प्रतिऔंस ४२०० डलर नाघेको छ, जसले नेपाली बजारमा पनि सीधा प्रभाव पारेको हो। यसअघि अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४३८१ डलरसम्म पुगेको रेकर्ड रहेको छ। यसैबीच, चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिनको तुलनामा चाँदी तोलाको १७० रुपैयाँले बढेर ३३४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। नेपाली बजारमा यसअघि असोज ३१ गते सुन प्रतितोला २ लाख ५८ हजार रुपैयाँचाँदी ३३५० रुपैयाँ पुगेको रेकर्ड रहेको थियो।