Alexander Novakले रुससँग झण्डै ६० वर्षसम्म पुग्ने तेल भण्डार रहेको बताएका छन्।
विश्व बजारमा तेल आपूर्तिको तनाव बढ्न सक्ने चर्चाबीच प्रतिक्रिया दिँदै उनले रुसमा करिब ३१ अर्ब टन निकाल्न सकिने तेल भण्डार रहेको दाबी गरे। उनका अनुसार यो परिमाण रुसका लागि आगामी ६ दशकसम्म पर्याप्त हुनेछ।
नोभाकले भने, “साउदी अरब, इराक र इरानपछि सबैभन्दा सहज रूपमा निकाल्न सकिने तेल रुसमै छ।” उनले ६० वर्षपछि पनि रुसमा तेलको अभाव नहुने दाबी गर्दै नयाँ तेल क्षेत्रको खोज तथा उत्खनन जारी रहने बताए।
RTका अनुसार हाल रुसले करिब ३ हजार ५ सय स्थानमा तेल उत्खनन गरिरहेको छ।
रुस विश्वका प्रमुख ऊर्जा उत्पादक देशमध्ये एक हो, र विश्व बजारमा तेल तथा ग्यास आपूर्तिमा उसको महत्वपूर्ण भूमिका रहँदै आएको छ।









प्रतिक्रिया