कतारमा विभिन्न मुद्दामा जेल परेका १३ जना नेपालीलाई आममाफी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कतार सरकारले आफ्नो राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा विभिन्न जेलमा रहेका १३ जना नेपालीलाई आममाफी दिएको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै कतार सरकारलाई धन्यवाद ज्ञापन गरेको छ।

मन्त्रालयका अनुसार उदारतापूर्वक प्रदान गरिएको अमिरी आममाफीप्रति नेपाल सरकारले आभार प्रकट गरेको छ। यस कदमले नेपाल–कतारबीचको विद्यमान द्विपक्षीय सम्बन्ध, मित्रता र सौहार्दतालाई अझ गहिरो बनाउने विश्वास व्यक्त गरिएको छ। मानवीय आधारमा दिइएको दयालु क्षमादानको उच्च कदर गरिएको पनि विज्ञप्तिमा उल्लेख छ।

हाल कतारमा करिब पाँच लाख नेपाली कार्यरत छन्। गत वर्ष मात्रै एक लाख ४० हजार ७ सय ९२ जना नेपाली वैदेशिक रोजगारीका लागि कतार गएका थिए। यसअघि नेपालले कतारलाई दुई वटा हात्ती उपहार दिएको थियो।