महिनावारीबारे पुराना मिथक कमजोर, किशोरीहरू बढी जागरूक र आत्मविश्वासी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

किशोरावस्थामा पुगेपछि महिलामा महिनावारी सुरु हुनु प्राकृतिक प्रक्रिया हो, जुन सामान्यतया २१ देखि ३५ दिनको बीचमा दोहोरिने गर्दछ। अधिकांश महिलामा महिनावारी १० देखि १५ वर्ष उमेरमा सुरु भएर करिब ४५ देखि ५५ वर्ष पुग्दा रोकिने गर्छ। महिनावारीको पहिलो ३ देखि ५ दिनसम्म योनीबाट रगत बग्ने भएकाले यस समय विशेष सरसफाइ महत्वपूर्ण मानिन्छ।

चिकित्सकका अनुसार महिनावारीका समयमा दैनिक रूपमा नुहाउने, पोषिलो खानेकुरा सेवन गर्ने, योनी सफा गर्ने तथा समयमा प्याड, ट्याम्पोन वा महिनावारी कप परिवर्तन गरिरहेकाे स्वास्थ्यका लागि आवश्यक हुन्छ।

अतीतमा महिनावारीलाई ‘दूषित’ मान्ने, मठ–मन्दिर छिर्न नहुने, खाना पकाउन नपाइने, पुरुषको अनुहार पनि हेर्न नहुने जस्ता गलत धारणाहरू व्यापक थिए। तर समयसँगै चेतना बढेसँगै यस्ता मिथकहरू कमजोर बन्दै गएकाे देखिन्छ।

नेपालका किशोरीहरू अहिले महिनावारीबारे पहिलेभन्दा धेरै खुला, आत्मविश्वासी र सुसूचित भएका छन्। तर केही ग्रामीण समुदायमा भने अझै पनि पुरानै चलन कायम रहेको देखिन्छ।

तथ्यांकअनुसार अहिले ८० प्रतिशत महिला महिनावारीका बेला घरमै वा सुरक्षित स्थानमा बस्ने वातावरण पाएका छन् भने २० प्रतिशत महिला अझै पनि घर बाहिर असुरक्षित तरिकाले बस्न बाध्य छन्। स्वास्थ्यविद्हरूले महिनावारीबारे अझ बढी शिक्षा, पहुँच र सामाजिक पूर्वाग्रहको अन्त्य आवश्यक रहेको बताएका छन्।