काठमाडौं । डाबर नेपाल दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स क्रिकेट टोलीको ‘एसोसियट’ प्रायोजक बनेको छ।
बुधबार काठमाडौंमा सम्पन्न सम्झौतामा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्का र डाबर नेपालका मार्केटिङ प्रमुख अभया गोर्खालीले हस्ताक्षर गरे।
सम्झौता कार्यक्रममा सीईओ खड्काले डाबरजस्तो प्रतिष्ठित कम्पनीसँगको साझेदारीले टोलीमा थप ऊर्जा र हौसला आएको बताए। उनले भने, “डाबरजस्तो ब्रान्ड हाम्रो यात्रासँग जोडिनु गौरवको कुरा हो, यसले खेलाडीहरूलाई थप प्रेरित गर्नेछ।”
यस्तै, डाबर नेपालका मार्केटिङ प्रमुख अभया गोर्खालीले डाबर रेड पेस्ट सुदूरपश्चिम रोयल्ससँग जोडिन पाउँदा खुशी लागेको बताए। उनले भने, “यो साझेदारीले सर्वाधिक समर्थक भएको टोली र नेपालको नम्बर एक टूथपेस्ट ब्रान्डबीचको सम्बन्धलाई बलियो बनाएको छ।”









प्रतिक्रिया