एसइई पूरकको नतिजा चित्त बुझेन ? यसरी गर्नुहोस् ‘रिटोटलिङ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले शनिबार प्रकाशित गरेको नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

साउन २९ गतेदेखि भदौ ६ गतेसम्म सञ्चालित परीक्षाको अनुसार परीक्षामा सहभागी भएका एक लाख ४३ हजार दुई सय ५७ परीक्षार्थीमध्ये ८३ हजार पाँच सय ६४ विद्यार्थी वर्गीकृत (ग्रेडेड) भएका छन्। अवर्गीकृत परीक्षार्थीको संख्या ५९ हजार ६ सय ९३ छ।

नतिजा पुनर्योग कसरी ?

प्रकाशित नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न र उत्तरपुस्तिका पुनः परीक्षणसमेत गराउन सक्ने व्यवस्था छ। पुनर्योगका लागि परीक्षार्थीलाई अनलाइनमार्फत आवेदन गर्न सकिने व्यवस्था गरिएको बोर्डले जनाएको छ।

परीक्षार्थीले आफूले पुनर्योग गर्न चाहेका विषयका लागि बोर्डको वेबसाइटमा गई पुनर्योग फाराम भरी आवेदन गर्न सक्नेछन्।

पुनर्योगका लागि २०८२ असोज १९ गतेदेखि २९ गते बेलुका ५ (पाँच) बजेसम्मको समय निर्धारण गरिएको छ।