सिराहा । सिराहाको लहान नगरपालिका–२२ सलोखरीबाट प्रहरीले नाइन एमएम पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा स्थानीय २० वर्षीय सरबजित दास, २० वर्षीय गुरुदेव दास र १९ वर्षीय सञ्जय दास रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार प्रहरी चौकी सितापुरबाट खटिएको टोलीले उनीहरूको साथबाट एक थान नाइन एमएम पेस्तोल र एक थान म्याग्जिन बरामद गरेको हो।
प्रहरीले सरबजित दासको पाइन्टको गोजीमा लुकाएर राखिएको म्याग्जिनसहितको पेस्तोल फेला पारेको जनाएको छ। घटनाका बेला गुरुदेव दास र सञ्जय दास पनि उनीसँगै रहेका थिए।
पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय लहानको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







प्रतिक्रिया