ऊर्जा, खानेपानी र सिँचाइका लागि बागमती सरकारको ८ अर्ब ९० करोड बजेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं — बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत ८ अर्ब ९० करोड ६१ लाख ८५ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ।

सोमबार प्रदेश सभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले प्रदेशभित्र स्वच्छ खानेपानीको पहुँच विस्तार, बाह्रैमास सिँचाइ सुविधा विकास तथा ऊर्जा क्षेत्रको प्रवर्द्धनलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको जानकारी दिए।

प्रदेश सरकारले कृषि उत्पादन वृद्धि, जलस्रोतको प्रभावकारी उपयोग तथा ऊर्जा पूर्वाधार विकासलाई लक्ष्य बनाउँदै विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। साथै, ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई सुरक्षित खानेपानी उपलब्ध गराउने, सिँचाइ सुविधा विस्तार गर्ने र ऊर्जा पहुँच बढाउने योजनामा यो बजेट खर्च गरिने बताइएको छ।

प्रदेश सरकारले जलस्रोत तथा ऊर्जा क्षेत्रलाई आर्थिक विकास र उत्पादनशील क्षेत्रको आधारका रूपमा लिँदै आगामी वर्षका लागि उल्लेख्य बजेट छुट्याएको हो।