नबिल बैंकका नवनियुक्त अध्यक्ष निर्वाण कुमार चौधरीद्वारा शपथ ग्रहण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नबिल बैंक लिमिटेडका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरीले नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

नेपाल राष्ट्र बैंकमा आज आयोजित विशेष कार्यक्रममा अध्यक्ष चौधरीले शपथ लिएका हुन् । बैंक सञ्चालक समितिको २०८२ पुस २८ गते सम्पन्न ६९९औँ बैठकले चौधरीलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको थियो ।

चौधरी व्यवसायिक घराना चौधरी ग्रुपका प्रबन्ध सञ्चालक हुन् । उनी चौधरी समूहअन्तर्गतका विभिन्न कम्पनीमा सञ्चालकको जिम्मेवारीसमेत सम्हाल्दै आएका छन् । समाजसेवामा पनि सक्रिय उनी चौधरी फाउन्डेशनका उपाध्यक्ष तथा नेपाल उद्योग परिसंघ (सीएनआई) का वरिष्ठ उपाध्यक्षसमेत हुन् ।

शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय डा. नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्र, कार्यकारी निर्देशकहरू रामु पौडेल, गुरुप्रसाद पौडेल, दयाराम शर्मा, दीर्घबहादुर रावल, निर्देशक निरा ताल्चाभडेल, सञ्चालक समितिका सचिव तथा निर्देशक शरणकुमार अधिकारीलगायतको उपस्थिति थियो ।

त्यसैगरी नबिल बैंकका तर्फबाट सञ्चालकहरू मलय मुखर्जी, अनन्त पौड्याल, प्रविन टिवडेवाला, सरिता भट्ट अधिकारी, अनिल केशरी शाह, प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली, नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे, कम्पनी सचिव भिष्म नेउपानेलगायत सहभागी थिए ।