कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी, महामन्त्रीमा शर्मा र पौडेल मैदानमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापाले उम्मेदवारी दर्ता गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी पार्टीको दोस्रो विशेष महाधिवेशनअन्तर्गत थापाले सभापतिका लागि औपचारिक रूपमा उम्मेदवारी दिएका हुन् ।

त्यसैगरी, महामन्त्री पदमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दर्ता गरेका छन् । सह–महामन्त्रीमा भने बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाले उम्मेदवारी दिएका छन् ।

लामाले संस्थापन पक्षसँग सहमति भएमा पछि उम्मेदवारी फिर्ता लिने गरी दर्ता गरेको बताएका छन् । विशेष महाधिवेशनसँगै कांग्रेसभित्र नेतृत्व चयनलाई लिएर प्रतिस्पर्धा थप चर्किएको छ ।