बुधबार नेप्से मा उच्च अंकको गिरावट देखिएको छ। अघिल्लो दिन दोहोरो अंकले बढेको बजार आज ७४.७३ अंकले घट्दै २,७७६.३६ विन्दुमा झरेको हो।
आज बजार २.६२ प्रतिशतले घट्दा अधिकांश कम्पनीको सेयर मूल्य ओरालो लागेको छ। कुल २५५ कम्पनीको मूल्य घट्दा मात्र १३ कम्पनीको सेयर मूल्य बढेको देखिएको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ११.२१ अंकले घटेर ४७३.६३ विन्दुमा सीमित भएको छ।
आज कारोबार भएका सबै १३ वटै उपसूचकहरूमा गिरावट देखिएको छ, जसले बजारमा समग्र दबाब रहेको संकेत गर्दछ। यद्यपि, बजार घटेको दिन पनि केही कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ।
कारोबारका आधारमा भने बजार सक्रिय देखिएको छ। ३४७ कम्पनीका ३ करोड २ लाख ९२ हजार ४५२ कित्ता सेयर १ लाख २३ हजार ७३० पटक किनबेच हुँदा कुल १२ अर्ब १० करोड ९५ लाख २५ हजार ५६१ रुपैयाँ बराबरको कारोबार भएको छ।
उच्च गिरावटबीच पनि ६ कम्पनीमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको छ, जसले केही क्षेत्रप्रति लगानीकर्ताको विश्वास कायम रहेको संकेत गर्दछ।








प्रतिक्रिया