ललितपुरमा ट्रान्क्यूलिटी स्पाको नयाँ शाखा, प्रिमियम वेलनेस सेवाको पहुँच विस्तार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालमा वेलनेस तथा स्पा सेवाको बढ्दो मागलाई सम्बोधन गर्दै ट्रान्क्यूलिटी स्पा ले ललितपुरको ग्वार्कोस्थित रोयल ट्युलिप काठमाडौं मा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ। आधुनिक पूर्वाधार र अनुभवी थेरापिस्टहरूको संयोजनमार्फत ग्राहकलाई विश्वस्तरीय सेवा प्रदान गर्ने लक्ष्यसहित शाखा विस्तार गरिएको हो।

नयाँ शाखामा थर्मल हाइड्रो थेरापी, परम्परागत मसाज, सैलुन, स्विमिङ पूल र जिमसहित वेलनेसका पूर्ण सुविधाहरू उपलब्ध गराइएको छ। ललितपुर क्षेत्रमा पूर्ण सुविधा सम्पन्न हेल्थ क्लब तथा वेलनेस सेवाको बढ्दो मागलाई ध्यानमा राख्दै कम्पनीले यो विस्तार गरेको जनाएको छ।

करिब दुई दशकदेखि स्पा तथा वेलनेस संस्कृतिको प्रवर्द्धन गर्दै आएको ट्रान्क्यूलिटी स्पाले हाल देशभर १८ भन्दा बढी शाखाहरू सञ्चालन गरिरहेको छ। यसको सेवा द सोल्टी काठमाडौं, र्याडिसन होटल काठमाडौं, रमादा बाई विन्डहम काठमाडौं, होटल शंकर, चन्द्रागिरी हिल्स रिजोर्ट र फिसटेल लज जस्ता प्रतिष्ठित होटल तथा पर्यटकीय गन्तव्यहरूमा उपलब्ध छ। नेपालबाहेक मलेसियामा पनि कम्पनीले आफ्नो सेवा विस्तार गरिसकेको छ।

कम्पनीका प्रमुख परिचालन अधिकारी रनिल फैजु ले नयाँ शाखासँगै राजधानीमा उच्चस्तरीय वेलनेस सेवाको पहुँच अझ विस्तार हुने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार व्यस्त जीवनशैलीका कारण शारीरिक तथा मानसिक सन्तुलन कायम राख्न स्पा सेवाको आवश्यकता दिनानुदिन बढ्दै गएको छ।

त्यस्तै, अध्यक्ष भुवन फैजु ले प्रमुख पर्यटकीय तथा आतिथ्य क्षेत्रहरूमा गुणस्तरीय स्पा सेवा विस्तार गर्नु संस्थाको दीर्घकालीन रणनीति रहेको बताए। उनले यस पहलले नेपालको वेलनेस पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा व्यक्त गरे।

हाल ट्रान्क्यूलिटी स्पाले देशभर करिब २५० जनालाई रोजगारी प्रदान गर्दै आएको छ। नयाँ शाखा सञ्चालनमा आएपछि होटलका पाहुना तथा स्थानीय सेवाग्राहीले एकै स्थानमा प्रिमियम आतिथ्य र वेलनेस सेवा उपभोग गर्न सक्नेछन्।