शासकीय सुधार कार्यसूचीको टीआई नेपालको प्रशंसा, भ्रष्टाचार नियन्त्रणतर्फ ‘महत्त्वपूर्ण शुरुवात’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल ले नवगठित सरकारले पारित गरेको शासकीय सुधारसम्बन्धी कार्यसूचीको स्वागत गर्दै यसलाई भ्रष्टाचार नियन्त्रणतर्फको प्रशंसनीय शुरुवात भएको जनाएको छ।

टीआई नेपालले जारी गरेको विज्ञप्तिमा जनताको सुशासनप्रतिको चाहनाअनुसार प्रतिनिधि सभाको करिब दुई तिहाइ बहुमतसहित बनेको सरकारले ल्याएको कार्यसूची जनादेशअनुरूप रहेको उल्लेख गरिएको छ। साथै, लामो समयदेखि उठाइँदै आएका सुशासनका मुद्दाहरू अधिकांश रूपमा समेटिएको संस्थाको ठहर छ।

अध्यक्ष मधन कृष्ण शर्मा ले पहिलो बैठकमै समयसीमा तोकेर बृहत् कार्यसूची पारित गर्नु सरकारको सुशासनप्रतिको प्रतिबद्धताको स्पष्ट संकेत भएको बताएका छन्। उनका अनुसार यसले जनताको हितलाई केन्द्रमा राखेर काम गर्ने सरकारको इच्छाशक्ति देखाएको छ।

टीआई नेपालले कार्यसूचीअनुसार कामको सुरुवात भइसकेकोप्रति सन्तोष व्यक्त गर्दै तोकिएको समयसीमाभित्र सबै काम सम्पन्न हुने विश्वास लिएको जनाएको छ। साथै, सुशासन प्रवर्द्धनका लागि आफ्नो अनुभव र विज्ञता उपलब्ध गराउन संस्था प्रतिबद्ध रहेको पनि उल्लेख गरिएको छ।