नेप्से सूचक आज सामान्य रूपमा बढेको छ । बुधबार नेप्से १.५२ अंकले बढेर २६४१.४३ विन्दुमा पुगेर बन्द भएको छ ।
आज ३२० कम्पनीका १ करोड २५ लाख ४ हजार ९७० कित्ता सेयर ६ अर्ब २० करोड ९४ लाख ३८ हजार ९०६ रुपैयाँमा कारोबार भएको छ ।
बुधबार बैंकिङ, जीवन बीमा, उत्पादन, माइक्रोफाइनान्स र अन्य समूह बाहेक सबै क्षेत्रका सेयर मूल्य बढेका छन् ।
आज सुपर मादी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा बढी ९.९४ प्रतिशतले बढेको छ भने थ्री स्टार हाइड्रोपावरको सेयर ८.२३ प्रतिशतले उकालो लागेको छ । यता आइसीएससी फाइनान्स डिबेन्चरको सेयर मूल्य सबैभन्दा बढी ३.३० प्रतिशतले घटेको छ ।
कारोबारतर्फ आज राधी जलविद्युतको सबैभन्दा बढी २६ करोड २४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ भने युनियन हाइड्रोपावरको २३ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।







प्रतिक्रिया