मन्त्रिपरिषद्का १९ निर्णय सार्वजनिक, माघ ४ देखि राष्ट्रिय सभाको अधिवेशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पुस २८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले सोमबार पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्का १९ वटा निर्णय सार्वजनिक गरेका हुन् ।

बैठकले संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको अधिवेशन आगामी माघ ४ गतेदेखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारको उक्त सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले माघ ४ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान गरिसकेका छन् ।

प्रवक्ता खरेलका अनुसार मन्त्रिपरिषद् बैठकले विभिन्न प्रशासनिक, नीतिगत तथा आर्थिक विषयसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू पनि गरेको छ । सार्वजनिक गरिएका निर्णयहरू कार्यान्वयनका चरणमा अघि बढाइने सरकारको भनाइ छ ।