नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह झापा–५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चुनाव लड्ने चर्चा भइरहेका बेला कडा टिप्पणी गरेका छन् । उनले बालेनले चुनाव लडेमा लज्जास्पद पराजय भोग्नुपर्ने र त्यसपछि राजनीतिक जीवनबाट बिदा लिएर पुरानै पेशातर्फ फर्कनुपर्ने अवस्था आउने दाबी गरेका छन् ।
सामाजिक सञ्जाल र मिडियामा बालेनले ओलीविरुद्ध चुनाव लड्ने तयारी गरिरहेको चर्चा चलेपछि प्रतिक्रिया दिँदै बस्नेतले बालेन काठमाडौँमा असफल मेयरका रूपमा जनमत गुमाइसकेको आरोप लगाए । साथै, आफ्नै जन्मथलो महोत्तरीमा समेत राजनीतिक उपस्थिति देखाउन नसकेको उनको भनाइ छ ।
बस्नेतले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘काठमाडौँमा असफल मेयरका रूपमा जनमत गुमाइसकेको, आफ्नै जन्मथलो महोत्तरीमा समेत राजनीतिक उपस्थिती देखाउन नसक्ने “फेसबुकिया प्रधानमन्त्री” भनेर चिनिने तथा विदेशीको मतियार लुसिफरको उपमा पाएको व्यक्ति अब झापाबाट चुनाव लड्ने चर्चा सुनिएको छ । यदि यो कुरा सत्य हो भने, निर्वाचनमा लज्जासपद पराजय भोगेर गायकबाट राजनीतिमा प्रवेश गरेका यो पात्र अब राजनीतिक जीवनबाट बिदा लिएर आफ्नो पुरानै पेशातर्फ फर्कनुपर्ने अवस्थामा पुग्नेछ ।’
उनको यस अभिव्यक्तिपछि बालेन शाहको सम्भावित उम्मेदवारी र आगामी निर्वाचनलाई लिएर राजनीतिक वृत्तमा थप बहस चर्किएको छ ।







प्रतिक्रिया