पार्टी विभाजन हुँदैन, एकताकै पक्षमा छौँ : कांग्रेस प्रवक्ता महत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी एकतावद्ध भएर अघि बढोस् भन्ने आफूहरूको चाहना रहेको बताएका छन् । मंगलबार केन्द्रीय समिति बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संस्थापन पक्ष पार्टीलाई एकजुट राख्न लचकताका साथ संवाद गरिरहेको स्पष्ट पारे ।

प्रवक्ता महतले पार्टी नेतृत्वको कारण कांग्रेस विभाजित नहुने दाबी गर्दै पार्टी फुट्नु न पार्टीको हितमा छ, न नेपाली जनताको र न नै देशको हितमा रहेको बताए । ‘हाम्रो कारणले पार्टी फुट्दैन, पार्टी विभाजन हुँदैन,’ उनले भने ।

उनले काठमाडौंमा जारी दोस्रो महाधिवेशन पार्टी र मुलुकको हितमा नरहेको टिप्पणी पनि गरे । साथै, सबै पक्षले लचकता देखाएर संवादमा आउनु आवश्यक रहेको उल्लेख गर्दै पार्टीलाई एकतावद्ध बनाउने प्रयास जारी रहेको बताए ।