नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी फुटाउने अभियानमा आफू सहभागी नहुने स्पष्ट पारेका छन्। पार्टी केन्द्रीय समितिको बैठकमा सहभागी हुन सानेपा पुगेका भण्डारीले सञ्चारकर्मीसँग छोटो कुराकानी गर्दै विभाजनको पक्षमा नरहेको बताए।
आजको केन्द्रीय समिति बैठक कांग्रेसको विशेष महाधिवेशन पक्षधरले बहिष्कार गरेका छन्। भण्डारी आइतबार विशेष महाधिवेशनको उद्घाटन समारोहमा उपस्थित भई सम्बोधन पनि गरेका थिए।






प्रतिक्रिया