नेप्से परिसूचक बढेर बन्द, जलविद्युत र व्यापार शेयरले मजबुत प्रदर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर २,६३९.९१ विन्दुमा बन्द भएको छ। मंगलबार नेप्से ४.९० अंकले वृद्धि भएको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.५४ अंक, फ्लोट इण्डेक्स ०.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२८ अंकले बढेको छ।

कारोबारमा सुधार देखिँदै ३४९ कम्पनीको १ करोड ३६ लाख २४ हजार कित्ता शेयर ६ अर्ब ९९ करोड ४ लाख ८४ हजार रुपैयाँबराबर कारोबार भएको छ।

थ्रिस्टार हाइड्रोपावरको शेयर सकारात्मक सर्किटमा ७५ रुपैयाँ ६० पैसा बढेर ८३१ रुपैयाँ ६० पैसामा पुगेको छ। दोर्दी खोला जलविद्युत कम्पनीको शेयर करिब ९.५ प्रतिशतले बढेको छ भने सुपर मादी हाइड्रोपावरको शेयर ९ प्रतिशतभन्दा बढीले उक्लिएको छ। तर रसुवागढी हाइड्रोकम्पनीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी अग्रस्थानमा रह्यो। सो कम्पनीको शेयर ५४ करोड ६५ लाख रुपैयाँबराबर कारोबार भयो। एसवाई प्यानलको कारोबार ३५ करोड रुपैयाँ नजिक पुगेको छ भने बुटवल पावरको कारोबार २८ करोड रुपैयाँभन्दा बढी भयो।

१३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ। जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.०२ प्रतिशतले बढेको छ। व्यापार उपसमूह ०.९८ प्रतिशत, अन्य उपसमूह ०.७८ प्रतिशतले बढेका छन्। तर बैंकिङ्ग, वित्त, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक सामान्य घटेको छ।