विप्लव नेतृत्वको नेकपा (माओवादी) का केन्द्रीय सदस्य सन्तोष सुवेदी नेकपामा प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विप्लव नेतृत्वको नेकपा (माओवादी) का केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज सन्तोष सुवेदी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। उनलाई पार्टी संयोजक प्रचण्ड, सह–संयोजक माधव नेपाल तथा नेता वर्षमान पुनले पार्टीमा स्वागत गरेका हुन्।

रोल्पाबाट आगामी निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहेका सुवेदी पार्टी परिवर्तन गरेपछि विप्लव नेतृत्वको नेकपा (माओवादी) लाई ठूलो झट्का लागेको रूपमा हेरिएको छ। विशेषगरी रोल्पा नेता वर्षमान पुनको प्रभाव क्षेत्र मानिने भएकाले सुवेदीको पार्टी प्रवेशलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।

उनको पार्टी प्रवेशसँगै रोल्पा जिल्लाको राजनीतिक समीकरणमा परिवर्तन आउने अनुमान गरिएको छ।