प्रदीप खड्काको ‘एक्लो’ को विकडेज शोज घट्यो, बक्सअफिसमा चुनौती

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रदीप खड्का स्टारर फिल्म ‘एक्लो’ ले विकडेजमा प्रवेशसँगै शोज कटौतीको सामना गर्नुपरेको छ। १२४ वटा शोजबाट रिलिज भएको फिल्मको आइतबार शोज संख्या घटेर ८१ मा सीमित भएको छ।

सप्ताहन्तमा औसत शो पाएको फिल्मको शोज संख्या आइतबारदेखि सुरु हुने विकडेजमा घट्नु निर्माताका लागि चुनौतीको संकेत मानिएको छ। यद्यपि, फिल्मको सप्ताहन्त कमाइबारे आधिकारिक बक्सअफिस विवरण भने सार्वजनिक भइसकेको छैन।

प्रदीप खड्कासँगै बेलायती अभिनेता जेमी बेकन, सुनिल थापा र बेनिशा हमालको अभिनय रहेको फिल्मको शोज संख्या तीन दिनमै घट्नु अनपेक्षित मानिएको छ। प्रदीप शाही निर्देशित यस फिल्मलाई प्रचारका क्रममा ‘साइन्स फिक्सन’ जनरामा प्रस्तुत गरिएको थियो।

निर्माताले फिल्मको अन्त्यमार्फत सम्भावित सिक्वेल ‘राइज अफ द कल्की’ तर्फ संकेत गरेका छन्। तर, ‘एक्लो’ लाई बक्सअफिसमा उकालो लाग्न अब बलियो ‘वर्ड अफ माउथ’ को आवश्यकता देखिएको छ।

पछिल्लो समय प्रदीप खड्काका ‘पिताम्बर’ र ‘एक्टर टेक वन’ बक्सअफिसमा असफल रहेकाले पनि ‘एक्लो’ उनका लागि महत्त्वपूर्ण फिल्मका रूपमा हेरिएको छ।