प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेपाली कांग्रेस पनि सर्वोच्च अदालत पुगेको छ। कांग्रेसले वारेसमार्फत पूर्वमहान्यायाधिवक्ता खम्म खातीलाई रिट दायर गर्न पठाएको प्रमुख सचेतक श्याम घिमिरेले बताए।
‘संसद पुनर्स्थापनाको मागसहित खम्मजीलाई सर्वोच्चमा पठाएका छौँ,’ घिमिरेले अनलाइनखबरसँग भने। यसअघि नेकपा एमालेले पनि प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै रिट निवेदन दर्ता गरिसकेको छ।
संसद विघटनको निर्णयको वैधानिकता चुनौती दिँदै प्रमुख दलहरूको सर्वोच्च धाइँ चर्किँदै गएपछि राजनीतिक परिवेश थप तातिएको छ।







प्रतिक्रिया