घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्रीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई तोकिएको मितिमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आग्रह गरेकी छन्। आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा भण्डारीले निर्वाचन समयमै र सहज रूपमा गराउन सरकार जिम्मेवार भएर अघि बढ्नुपर्ने बताएकी हुन्।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार भेटमा प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका क्षेत्रमा सरकारले गरिरहेका पहलहरूबारे पूर्वराष्ट्रपतिलाई जानकारी गराएकी थिइन्। भण्डारीले यसप्रति सकारात्मक प्रतिक्रिया दिएको र आवश्यक सहयोगका लागि तयार रहेको पनि उनले बताए।

यसअघि भण्डारीले जेन-जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बनेका सिंहदरबारभित्रका संरचनाको अवलोकन गरेकी थिइन्। सोही क्रममा दुई नेताबीच भेटघाट र समसामयिक राजनीतिक विषयमा कुराकानी भएको थियो।