फिल्म ‘झरीपछिको इन्द्रेणी’ ले घरेलु बक्सअफिसमा अपेक्षाअनुसारको व्यापार गर्न सकेको छैन । सिनेपाः बक्सअफिसका अनुसार पछिल्लो शनिबार अर्थात् १२ पुससम्म फिल्मले जम्मा ६२ लाख ६९ हजार ४७५ रुपैयाँ ग्रस आम्दानी गरेको छ ।
उक्त अवधिमा अर्जुन घिमिरे ‘पाँडे’ निर्देशित फिल्मका कुल १९ हजार ७९३ वटा टिकट बिक्री भएका छन् । प्रचारप्रसारमा चर्चित व्यक्तित्वको संलग्नता हुँदाहुँदै पनि दर्शक आकर्षण कमजोर देखिएको हो ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फिल्मको प्रचारप्रसारमा सक्रिय भूमिका निभाएका थिए भने उनले एक गीतसमेत गाएका थिए । यति हुँदाहुँदै पनि फिल्मको बक्सअफिस कमाइ अपेक्षाभन्दा निकै न्यून रहनुले नेपाली फिल्म बजारमा प्रतिस्पर्धा र दर्शकको छनोट कडा बन्दै गएको संकेत गरेको छ ।







प्रतिक्रिया