निवर्तमान गृहमन्त्री रमेश लेखक आज जेनजी आन्दोलन जाँचबुझ आयोगमा बयान दिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

निवर्तमान गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकले जेनजी आन्दोलन जाँचबुझ आयोगलाई आज बयान दिने भएका छन् । गत भदौ २३ र २४ गते भएका घटनाबारे सोधपुछका लागि आयोगले उनलाई पुस १३ गते उपस्थित हुन पत्र पठाएको थियो ।

आयोगको पत्र प्राप्त भएपछि आफू बयान दिन जाने जानकारी लेखकले यसअघि नै पार्टी नेतृत्वलाई गराइसकेका थिए । लेखकको सचिवालयका अनुसार सोमबार दिउँसो १२ बजे उनी आयोगमा उपस्थित भएर बयान दिनेछन् । जेनजी आन्दोलनका बेला लेखक गृहमन्त्रीको जिम्मेवारीमा थिए ।

बयान सकिएपछि आजै दिउँसो साढे २ बजे सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको सचिवालयले जनाएको छ ।