अगामी माघ महिनाको पहिलो हप्तादेखि काठमाडौं महानगरपालिकाको कार्यभार उपप्रमुख सुनिता डंगोलले सम्हाल्ने भएकी छन्। आज बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच भएको सहमतिअनुसार बालेन प्रधानमन्त्री बन्न प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुने भएपछि सुनिता डंगोल कार्यवाहक मेयरका रूपमा महानगरको नेतृत्वमा आउने भएकी हुन्।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले शिलापत्रसँग कुरा गर्दै प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गर्नुअघि स्थानीय तह वा प्रदेश तहका जनप्रतिनिधिले अनिवार्य रूपमा राजीनामा दिनुपर्ने कानुनी व्यवस्था रहेको स्पष्ट पारे। सोही प्रावधानअनुसार बालेनले मेयर पदबाट राजीनामा दिनुपर्ने हुन्छ।
बालेनको राजीनामा स्वीकृत भएसँगै कानुनअनुसार उपमेयर सुनिता डंगोलले कार्यवाहक मेयरको जिम्मेवारी सम्हाल्नेछिन्। निर्वाचन आयोगले प्रत्यक्षतर्फको मनोनयन दर्ताको मिति माघ ६ गते तोकेको छ। त्यसअनुसार बालेनले माघ ५ गते वा ६ गते नै राजीनामा दिएर प्रतिनिधिसभा सदस्यको मनोनयन दर्ता गराउनुपर्नेछ।







प्रतिक्रिया