सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्। आज बिहान देउवाको महाराजगञ्जस्थित निवासमा पुगेर मन्त्री खरेलले भेट गरेका हुन्।
भेटका क्रममा मन्त्री खरेलले देउवासँग आगामी निर्वाचनमा सक्रिय सहभागिता जनाउन आग्रह गरेको स्रोतले जनाएको छ। समसामयिक राजनीति, निर्वाचनको तयारी र दलहरूबीचको सहकार्यका विषयमा समेत छलफल भएको बताइएको छ।
यसैबीच, मन्त्री खरेलले आजै राजनीतिक भेटघाटलाई निरन्तरता दिने कार्यक्रम तय गरेका छन्। उनले बिहान ११ बजे नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र दिउँसो १२ बजे नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्ने कार्यक्रम रहेको छ।
मन्त्री खरेलका यी भेटघाटलाई पछिल्लो राजनीतिक गतिविधि र निर्वाचन केन्द्रित छलफलका रूपमा हेरिएको छ।







प्रतिक्रिया