अध्यक्ष केपी ओली आज प्रमुख सञ्चारमाध्यमका सम्पादकसँग साक्षात्कारमा, महाधिवेशन लक्षित धारणा सार्वजनिक गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज देशका प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूसँग विशेष साक्षात्कार गर्ने भएका छन्। प्रेस चौतारी नेपालले आयोजना गरेको यो कार्यक्रम दिउँसो १ बजे, काठमाडौँमा हुने तय भएको छ।

शनिबारदेखि सुरु हुने एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन केन्द्रित यो भेटमा अध्यक्ष ओलीले आफ्नो आगामी कार्ययोजना, नेतृत्वबारेको धारणा, तथा राजनीतिक रणनीति बारे स्पष्ट रूपमा प्रस्तुत गर्ने तयारी गरेको बताइएको छ।

पुनः अर्को कार्यकालका लागि अध्यक्ष बन्न तयारीमा रहेका ओलीले महाधिवेशनको दिशा, सङ्गठन सुदृढीकरण, तथा राष्ट्रिय राजनीतिमा एमालेको भूमिकाबारे आफ्नो दृष्टिकोण सम्पादकसमक्ष राख्नेछन्।

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन मंसिर २७ गते भक्तपुरको तीनकुने मैदानमा हुनेछ। त्यसपछि हुने बन्दसत्र भृकुटीमण्डप, काठमाडौँमा सञ्चालन हुनेछ। महाधिवेशनमार्फत पार्टीले आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ।