टाटा मोटर्स नेपालका लागि एक मात्र अधिकृत वितरक सिप्रदी ट्रेडिङ प्रालिले समाजमा निरन्तर सेवा गरिरहेका मेडिकल समुदायलाई सम्मान गर्दै टियागो इभीका लागि विशेष योजना सार्वजनिक गरेको छ।
यस योजनाअन्तर्गत, मेडिकल क्षेत्रका ग्राहकहरूले टियागो इभी किन्दा आकर्षक उपहार, ठूलो नगद छुट र प्रिमियम सेवाहरू प्राप्त गर्न सक्नेछन्। हरेक बुकिङमा ग्राहकलाई लिटम्यान स्टेथोस्कोप प्रदान गरिनेछ।
मुख्य आकर्षणका रूपमा, ग्राहकले तीन उत्कृष्ट उपहार विकल्पमध्ये कुनै एक रोज्न सक्नेछन्:
- जोडीका लागि बाली भ्रमण,
- iPhone 17 Pro Max, वा
- सबैभन्दा ठूलो नगद छुट।
योजनामा थप रूपमा निम्न सुविधाहरू समावेश छन्:
- उच्चतम एक्सचेन्ज मूल्य,
- जीवनभरका लागि डीसी फास्ट चार्जिङ सुविधा,
- एक वर्षको सवारी कर,
- निःशुल्क एक्सेसरीज, र
- फ्री होम चार्जर इन्स्टलेसन।
त्यसैगरी, मेडिकल समुदायको परिचयपत्र प्रस्तुत गर्दा थप नगद छुट समेत उपलब्ध हुनेछ। कम्पनीका अनुसार यी सुविधाहरूले मेडिकल समुदायका ग्राहकहरूलाई सहज, किफायती र भरपर्दो अनुभव प्रदान गर्ने विश्वास लिएको छ।







प्रतिक्रिया