नेशनल लाइफ इन्स्योरेन्सले CEO क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न, कर्णाली–सुदुरपश्चिमका अभिकर्ता सम्मानित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले नेपालगंजको होटल सोल्टी वेस्टेण्डमा आफ्नो CEO क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सञ्चालन भएको थियो।

आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलनका आधारमा कर्णाली प्रदेशबाट ११५ जना र सुदुरपश्चिम प्रदेशबाट १६१ जना अभिकर्ता, विभागिय प्रमुख, प्रदेश प्रमुख तथा लुम्बिनी प्रदेश अन्तर्गत शाखा कार्यालयका शाखा प्रमुख सहभागी भएका थिए। कम्पनीले योग्य अभिकर्ताहरुलाई CEO क्लब सदस्यता प्रदान गर्दै सम्मान गरेको हो।

कार्यक्रमको उद्घाटन प्रमुख कार्यकारी अधिकृत खत्रीले पानसमा दीप प्रज्वलन गरेर गरेका थिए। कार्यक्रम अन्तर्गत कर्णाली र सुदुरपश्चिम प्रदेशका प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त अभिकर्ताहरुलाई विशेष सम्मान र पुरस्कार समेत प्रदान गरिएको थियो। साथै, नेशनल रत्न तथा नेशनल स्टार विजेता अभिकर्ताहरुलाई नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरिएको थियो।

खत्रीले कार्यक्रममा कम्पनीले प्रदेश स्तरमा निरन्तर CEO क्लब र नेशनल अवार्ड कार्यक्रम सञ्चालन गर्दै जाने योजना रहेको बताए। उनले उल्लेख गरे कि CEO क्लब सदस्यता योजना लागू भएपछि नेपालभर १६०० भन्दा बढी अभिकर्ता छनोट हुन सफल भएका छन् र यस योजनालाई अत्यन्त सफल मानिएको छ।

कार्यक्रममा सहभागी अभिकर्ताहरुलाई चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक विजय कुमार झालेले तालिम प्रदान गरेका थिए। उनले बीमा व्यवसायमा सफलता पाउनका लागि व्यक्तिहरुसँग सम्पर्क बढाउने, बीमा पोलिसीको जानकारी दिने आवश्यक ज्ञान र सीपको महत्त्वबारे प्रशिक्षण दिएका थिए।

अभिकर्ताहरुले तालिम र सम्मानबाट भविष्यमा बीमा पेशालाई निरन्तरता दिने उर्जा प्राप्त भएको र आफ्नो मेहनतको कदर भएको अनुभव व्यक्त गरेका थिए।