जेनजी आन्दोलन प्रकरण: टीओबी समूहका तेन्जिन दावाविरुद्ध दुई मुद्दामा अलग–अलग धरौटी माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जेनजी आन्दोलनलाई भड्काएको आरोपमा पक्राउ परेका टीओबी समूहका तेन्जिन दावासम्बन्धी दुई छुट्टाछुट्टै मुद्दामा फरक–फरक धरौटी तोकिएको छ। करिब तीन महिनासम्म चलेको अनुसन्धानपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान फाइल जिल्ला सरकारी वकिल कार्यालयमा पठाएको थियो। त्यसपछि सरकारी वकिल कार्यालयले सोमबार तेन्जिनविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो।

जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक कुमार श्रेष्ठका अनुसार न्यायाधीश तेजबहादुर खड्काको इजलासले लिखत कीर्तेसम्बन्धी मुद्दामा पाँच लाख रुपैयाँ र लागुऔषधसम्बन्धी मुद्दामा २० हजार रुपैयाँ धरौटी तोकेको छ।

तेन्जिनको पासोबाट बरामद भएको नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र कीर्ते भएको प्रमाण भेटिएकाले लिखत कीर्तेसम्बन्धी कसुरमा छुट्टै मुद्दा दायर गरिएको अदालतले जनाएको छ।