बाढी–पहिरोले सडक पूर्वाधारमा ठूलो असर, पुनर्निर्माणमा लाग्ने भयो १० अर्ब ६१ करोड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


यो वर्षको बाढी र पहिरोले देशभरका सडक पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको छ। सडक विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार क्षतिग्रस्त सडक र पुल पुनर्निर्माणका लागि करिब १० अर्ब ६१ करोड रुपैयाँ लाग्ने भएको छ।

विभागका अनुसार बाढी–पहिरोका कारण सडकहरूमा मात्रै ७ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको छ भने, पुलमा ९१ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

यसअनुसार कुल क्षति ७ अर्ब ९१ करोड रुपैयाँ पुगेको र पुनर्निर्माण तथा मर्मतका कार्य सम्पन्न गर्न १० अर्ब ६१ करोड रुपैयाँको लागत लाग्ने प्रक्षेपण गरिएको विभागले जनाएको छ।

सडक विभागका अधिकारीहरूका अनुसार पुनर्निर्माण कार्य प्राथमिकताका आधारमा अघि बढाइनेछ, विशेष गरी मुख्य राजमार्ग र रणनीतिक सडकहरूमा यातायात सुचारु गर्न तत्कालीन मर्मत सुरु गरिने तयारी गरिएको छ।