काठमाडाैं । चलचित्र ‘हरिबहादुरको जुत्ता’ को ट्रेलर सार्वजनिक भएको छ। दशैँको फूलपातीमा रिलिज तयारीमा रहेको यो वर्षको प्रतिक्षित चलचित्रको रूपमा हेरिएको चलचित्रको ट्रेलर आज सार्वजनिक गरिएको हो।
हरिवंश आचार्य चलचित्रमा हरिबहादुर पात्रको रूपमा प्रस्तुत भएका छन्। नेपाली टेलिभिजनको पर्दामा सर्वाधिक सफल यो पात्रको जीवनमा आउने उतारचढावको कथालाई चलचित्रको ट्रेलरमा समावेश गरिएको छ।

दीपेन्द्र के खनाल निर्देशित फिल्ममा हरिवंश आचार्य, प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रियंका कार्की, हरिहर शर्मा, दिव्यदेव पन्त, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सीता न्यौपाने, कमलमणि नेपालको अभिनय छ ।
‘हरिबहादुरको जुत्ता’ दशैँको फूलपाती अवसरमा असोज १३ देखि नेपाल र अन्तर्राष्ट्रिय बजारमा प्रदर्शनमा आउँदैछ ।









प्रतिक्रिया