सरकारी स्कुलमा उत्कृष्ट नतिजा निकाल्ने ‘गजेन्द्र सर’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । २०८२ सालको कक्षा १२ को नतिजा सार्वजनिक भएलगत्तै एक नाम चर्चामा आयो ‘गजेन्द्र सर’ —गजेन्द्र पुन।

गुर्भाकोट–१३, गुमी निवासी गजेन्द्र पुनले गाउँकै आनन्द माध्यमिक विद्यालयमा कक्षा १० सम्मको अध्ययन पुरा गर्नुभयो। त्यसपछि उच्च अध्ययनको लागि काठमाडौं पुगेका उहाँले आफ्नो स्नातकोत्तर अध्ययन पूरा गरेपछि शिक्षण पेशामा समर्पित हुनुभयो।

पछिल्ला १२ वर्षदेखि, उहाँ वीरेन्द्रनगर, सुर्खेतस्थित श्री जन नमुना माध्यमिक विद्यालयमा Physics विषय अध्यापन गर्दै आइरहनुभएको छ।

२०८२ सालको कक्षा १२ को नतिजामा उहाँले पढाउनु भएका ११८ जना विद्यार्थीहरूमध्ये ११४ जना विद्यार्थीहरू (९६.६%) उत्तीर्ण भएका छन् — जुन अत्यन्तै सराहनीय उपलब्धि हो। तर गजेन्द्र सरको विशेषता केवल नतिजा होइन।

उनी भन्छन्, “हामी सबैले मिहेनत गर्ने हो भने, आफ्नै ठान्ने हो भने सार्वजनिक विद्यालयहरुबाट निजि विद्यालय भन्दा राम्रो नतिजा निकाल्न सकिन्छ । यो नतिजा निकाल्नका लागि १२ वर्षको शैक्षिक अनुभव, विद्यालयको व्यवस्थापन र सबैभन्दा विद्यार्थीहरुको मिहेनत थियो ।

उहाँ विद्यार्थीहरूका लागि एक प्रिय गुरु, मित्र र मार्गदर्शक हुनुहुन्छ। विद्यार्थीहरू उहाँलाई माया र सम्मानसाथ “प्रिय गजेन्द्र सर” भनेर बोलाउँछन्।