एलिना चौहान र प्रताप दासको गीत ‘दाजु बहिनी’ सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायिका एलिना चौहान र गायक प्रताप दासको स्वरमा तिहार गीत सार्वजनिक भएको छ।

‘आयो तिहार–दाजु बहिनी’ शीर्षकको गीतको भिडिओमा एलिना र प्रताप स्वयंका साथमा विनोद अधिकारीले अभिनय गरेका छन्। गीत एलिना चौहानको अफिसियल युट्युबमा सार्वजनिक छ।

https://www.youtube.com/embed/skCq9hoYr64?si=jXvL39wSfOCkR4zv
लेखु सहयात्रीको शब्द तथा संगीत रहेको गीतमा संगीत संयोजनको काम विषम आचार्यले गरेका हुन्। एलिना र प्रताप अहिले अमेरिकाको सांगीतिक टूरमा छन्। यी दुवै जनाले दशैंको टीका अमेरिकामा सँगै लगाएका थिए।