काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट प्रतियोगिता बुधबारबाट ओमानमा सुरु हुँदैछ।
नौ राष्ट्र सहभागी प्रतियोगिताबाट शीर्ष तीन टोलीले आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा स्थान सुरक्षित गर्नेछन्। नेपालले बुधबार कुवेतसँग खेल्दै विश्वकप छनोटको सुरुवात गर्ने छ ।

छनोटको समूह ‘बी’ मा रहेको नेपालले दोस्रो खेल शुक्रबार जापानसँग खेल्ने छ । नेपालले कुवेतसँग विभिन्न प्रतियोगिता खेल्दै मिश्रित नतिजा निकालेको छ भने जापानसँग पहिलो पटक खेल्दैछ ।
नेपाल समूह ‘बी’ मा रहेको छ, जहाँ उसँगै कुवेत र जापान छन्। समूह ‘ए’ मा मलेसिया, कतार र यूएई तथा समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामोआ छन्। प्रत्येक समूहका शीर्ष दुई टोली सुपर सिक्स चरणमा पुग्नेछन्। सुपर सिक्सपछि हुने प्रतिस्पर्धाबाट शीर्ष चार टोली छनोट हुने र अन्ततः शीर्ष तीन टोलीले विश्वकपमा प्रवेश पाउने व्यवस्था गरिएको छ।
यस पटकदेखि एसिया र इस्ट एसिया प्यासिफिक क्षेत्रलाई एउटै क्याटेगरीमा राखिएको छ। त्यसैले जापान, सामोआ र पपुवा न्युगिनीले एसिया क्षेत्रका टोलीहरूसँग प्रतिस्पर्धा गर्ने भएका छन्।
नेपाललाई यस प्रतियोगिताको उपाधि दाबेदार मानिएको छ। यद्यपि कुवेतले पनि पछिल्लो समय राम्रो प्रदर्शन गर्दै आएको छ।
गत अप्रिलमा हङकङमा भएको चार राष्ट्रीय प्रतियोगिताको फाइनलमा नेपालसँग मात्र ३ रनले पराजित भएको थियो। तर, सोही प्रतियोगिताको लिग चरणमा नेपालले कुवेतलाई ६ विकेटले सहज पराजित गरेको थियो।
नेपाल र कुवेतबीच हालसम्म तीन वटा टी–२० अन्तर्राष्ट्रिय खेल भएका छन्। नेपालले दुई खेल जित्दा, एक खेलमा हार भोगेको छ। सन् २०१९ मा नेपालले कुवेतलाई ७ विकेटले हराएको थियो भने गत अप्रिलमा भएको दुई खेलमा नेपाल विजयी भएको थियो।
सन् २०१४ मा पहिलो पटक नेपालले विश्वकप खेलेको थियो। पारस खड्काको नेतृत्वमा पहिलो पटक विश्वकपमा स्थान बनाएको थियो।
सन् २०२४ मा रोहित पौडेलले सम्हाले। उनले २०२४ को टी-२० विश्वकपमा सबैभन्दा कान्छो कप्तानको रुपमा विश्वकपमा टिमको नेतृत्व गरे। अब नेपालसँग तेस्रो पटक विश्वकपमा स्थान बनाउने राम्रो मौका छ।
नेपाली टोली
रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, करण केसी, कुशल मल्ल, नन्दन यादव, आदिल आलम, सन्दीप जोरा, आरिफ शेख, ललित राजवंशी, गुल्सन झा र लोकेश बम ।







प्रतिक्रिया