काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ६ सय रूपैयाँले बढेको हो ।
यससँगै बुधबार छापावाल सुनको मूल्य तोलामा २ लाख ३८ हजार कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । मंगलबार २ लाख ३५ हजार ४०० रुपैयाँ कायम भएको थियो ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४ हजार ४५ रुपैयाँ तोकिएको छ ।
यस दिन चाँदीको भाउ भने तोलामा ५ रूपैयाँले घटेर प्रतितोला २ हजार ९ सय ५५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
मंगलबार चाँदी तोलामा २ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।







प्रतिक्रिया