झरीपछि खुलेको रानागाउँ, मखमली र मनास्लु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

१९ असोज, गोरखा । झरी रोकिएर आकाश खुलेपछि गोरखाको बारपाक सुलिकोट गाउँपालिका–५, रानागाउँको सौन्दर्य यतिबेला अझै थपिएको छ ।

तिहार नजिकिँदै गर्दा गाउँभरि मखमली फूलहरूको बैजनी र रातो रङ्गले करेसाबारी ढकमक्क पारेको छ। यही बेला, झरीले धोएर चम्किएको निलो आकाशमुनि मनास्लु मुस्कुराउँदै उभिएको छ।

रानागाउँको यो दृश्य कुनै चित्रकारको क्यानभासभन्दा कम छैन । स्फटिक जस्तै चम्किलो सेतो हिमाल, गहिरो नीलो आकाश र भुइँमा फुलेका बैजनी मखमली फूलको रङ्गीन कन्ट्रास्टले दृश्यलाई असाध्यै जीवन्त र आकर्षक बनाएको छ।

प्राकृतिक सुन्दरताको यस्तो दुर्लभ संयोगले रानागाउँलाई प्राकृतिक पोस्टकार्डको रूप दिएको छ।

तस्वीरमा हेर्नुहोस् चन्द्रबहादुर आलेको लेन्सबाट कैद भएका केही तस्वीरहरूः