प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा पाँच रिट, सुशीला कार्कीको नियुक्ति असंवैधानिक दाबी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं — प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा पाँचवटा रिट दायर भएका छन्। सिन्धुलीका युवराज सफलसहितले मंगलबार विघटनविरुद्ध रिट दर्ता गरेका हुन्।

गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’पछि अन्तरिम प्रधानमन्त्री बनेकी सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते निर्वाचनको मिति तोक्दै प्रतिनिधिसभा विघटन गरेका थिए।

रिट निवेदक सफलले प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति नै असंवैधानिक रहेको दाबी गर्दै उनको नियुक्ति बदर गर्न माग गरेका छन्।

सर्वोच्च अदालतका अनुसार रिटहरू दर्ता प्रक्रियामा छन् र अहिले प्रशासनले ती रिटहरूको प्रारम्भिक अध्ययन गरिरहेको जनाएको छ।